Boy Friend film Producer Mr. Surya Budhathoki
Boy Friend film Producer Mr. Surya Budhathoki

काठमाडौ। नेपालको सुपरहिट चलचित्र चिनोबाट स्पोट–ब्वाईको रुपमा चलचित्र क्षेत्रमा प्रवेस गरेका सिन्धुलीका सूर्य बुढाथोकी हाल निर्माताको रुपमा आफ्नो पहिचान बनाउदैछन् ।

लगभग चार दर्जन चलचित्रमा ड्रेसम्यान, साउण्ड म्यानमात्र होइन प्राय चलचित्रका सबै विधामा दक्षता हासिल गरेका बुढाथोकीले ८० भन्दा बढी चलचित्रमा प्रोडक्शन मेनेजरको रुपमा काम गरिसकेका छन् । हालै बुढाथोकीले चलचित्र ब्वाईफ्रेण्ड निर्माण गरेका छन् । जुन चलचित्र चाँडै प्रदर्शन हुने भएको छ।

सार्वजनकि प्रदर्शनमा भन्दा पनि पहिला विभिन्न देश–देशावरमा च्यारिटी–शो गर्ने योजना रहेको पनि भिजन संसारसंगको कुराकानीमा बुढाथोकीले भनेका छन्। चलचित्र ब्वाईफ्रेण्डको कथावस्तु समसामयिक तथा यथार्थपरक रहेको अनि युवाहरुले मन पराउने विषय रहेको बुढाथोकीको जिकिर रहेको छ। विगत ३ दशकदेखि बुढाथोकी निरन्तर नेपाली चलचित्र उद्योगमा क्रियाशील बन्दैआएका छन्।

boy-friend-4प्रकाशन मिति–२०७३ साल चैत्र ३ गते विहीवार ।