Vetran Artist Mr Hira Lal Dangol and His Art.
Vetran Artist Mr Hira Lal Dangol and His Art.

काठमाडौ। नेपालका वरिष्ठ चरा कलाकार हिरालाल डङ्गोल पेटसम्बन्धी रोगका कारण अस्वस्थ भएर भक्तपुर क्यान्सर अस्पताल भर्ना भएका छन्। आधुनिक कलाकार समाजका अध्यक्ष शङ्करराजसिंह सुवालव्दार प्रेसित प्रेस विज्ञप्ति अनुसार बयोधा अस्पतालमा केही दिनको उपचारपछि भक्तपुर अस्पतालमा शनिबारदेखि उपचार्थ रहेका छन्।

कलाकार डंगोलले नेपाली चराहरुको मात्र विषय लिएर पाँच दशकदेखि निरन्तर कला सिर्जना गरिरहेका छन्। नेपालमा पाइने चरासम्बन्धी विशेष अध्ययन गरेर डा. फ्लेमिङ, कलाकार लैनसिँह बाङ्देल र हेम पौडेलसँग काम गर्दा डंगोलले ‘वर्डस अफ नेपाल’ शीर्षक चरासम्बन्धी पहिलो पुस्तकमा कैयौँ कला रचना गरेका छन्।

हालै डंगोल र डंगोलका परिवारका सदस्यको चरासम्बन्धी चित्र प्रदर्शनी काठमाडौको बबरमहल स्थित नेपाल आर्ट काउन्सिलको ग्यालरीमा सफलतापूर्वक सम्पन्न भएको थियो । डंगोलले अमेरिका, जापान, बेलायत लगायत देशमा दर्जनौँ पटक एकल र सामूहिक कला प्रदर्शनी गरिसकेका छन्।

प्रकाशन मिति–२०७३ साल चैत्र २ गते बुधवार ।