काठमाडौं। चीनको सान्यामा यो बर्षको ८ डिसेम्बर अर्थात मंसीर २२ गते शनिवार हुने विश्व सुन्दरी प्रतियोगितामा नेपालकी मिस नेपाल श्रृंखला खतिवडाले गाईजात्र देखाउने भएकी छन्। विश्वका १ सय २० वटा मुलुकका सुन्दरीहरु वीच हुने विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल खतिवडाले त्यो पनि भक्तपुरको गाईजात्रा देखाउने भएकी हुन्।

त्यसको लागि मिस नेपाल खतिवडाले यो बर्ष भक्तपुरमा भएको अत्यन्त रमाइलो गाईजात्रे क्लिप खिच्न भ्याएकी छन्। त्यो क्लिप्सलाई नेपालको मौलिक तर बेजोड फरक परम्पराको रुपमा प्रस्तुत गर्ने कार्य मिस नेपाल खतिवडावाट हुने भएको छ।

त्यसको अलावा मकवानपुरको चेपाङ वस्तीमा स्वास्थ चौकी भवन निर्माण गरी तयार पारेकी बृतचित्र पनि चीनमा प्रस्तुत गर्ने भएकी छन्। व्युटी विथ पर्पोज (उद्देश्यसहितको सौदर्य) भन्ने नाराकासाथ हरेक वर्ष हुने विश्व सुन्दरी प्रतियोगितामा सहभागीहरुले यसरी नै कुनै न कुनै उद्देश्य लिएर जाने गर्दछन्।

प्रतिस्पर्धीहरुको मूल्यांकनको एउटा आधार उनीहरुले लिएर गएको व्युटी विथ पर्पोज पनि हुने गर्दछ। नेपालका संस्कृति पनि झल्किने अनि अरुको भन्दा फरक पनि देखिने भएकोले आफनो पूर्व योजनामा गाईजात्राको क्लिप पनि थपेर लान खोजेको मिस नेपाल खतिवडाले भनेकी छन्।


प्रकाशन मिति–२०७५ साल भदौ १९ गते मंगलवार ।