काठमाडौ। फरकपाराले फरक कमेडी फिल्म निर्माण गरेर अग्रता कायम गर्दैआएका नायक–निर्देशक तथा निर्माता जयकिशन बस्नेतको नयाँ फिल्म ‘धूम ३’ को निर्माण भएको छ।

चर्चामा रहेको चलचित्र धूम-३ को लेखन तथा निर्देशन नायक जय किशन बस्नेतले गरेका हुन् । यस फिल्ममा नायक जयकिशन बस्नेतका साथमा नव–नायिका एलिना रायमाझीको प्रमुख भूमिका रहेको छ।

यही आउने असोज ५ गतेदेखि देशब्यापी प्रदर्शनको तयारीमा रहेको यस चलचित्रमा जय किशन बस्नेत र शिव विकको नृत्य, जीवन श्रेष्ठको छायाँकन, हिमाल के.सी.को द्वन्द, टंक बुढाथोकीको संगीत तथा तुलसी बाँस्कोटाको सम्पादन रहेको छ।

मानवीय दैनिकीको यथार्थतालाई सहज तरिकाले चलचित्रको पर्दामा उतारेको कारण पनि आफ्ना अघिल्ला चलचित्रहरुलाई भन्दा बढी यस चलचित्रलाई दर्शकहरुले माया गर्नेमा आशावादी रहेको नायक बस्नेतले भिजन संसार डटकमलाई बताएका छन् ।

https://mail.google.com/mail/u/0/#inbox/FMfcgxvzKQkTTgjjZDbfpXshGDzTcPTk?projector=1

प्रकाशन मिति–२०७५ साल भदौ १७ गते आइतवार ।
?