काठमाडौ। फरक क्षमता भएका बालबालिकाको फरक प्रतिभा प्रदर्शन भएको छ। जसको नाम नै हामी पनि अघि बढ्न सक्छौ राखिएको हो। जुन कार्यक्रमको आयोजना लायन्स क्लब अफ काठमाडौ समर्पित र उपकार सेवा नेपालले संयुक्तरुपमा गरेका हुन्।

कार्यक्रममा नेपाल बाल संगठन, वि.आई.ए.फाउन्डेशन जोरपाटी, सुनगाभा सेन्टर, स्वयम्भु, वेभ नेपालमा आश्रित फरक क्षमता भएका बालबालिकाले विभिन्न प्रतिभा–प्रदर्शन गरेका थिए। अन्य सवल बालबालिकाले भने, फेसनशो र संयुक्त गायन प्रतिभा प्रदर्शन गरेका थिए। इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन मर्निङ ग्लोरी इन्टरटेन्मेन्टका लागि निर्देशक मोहना क्षेत्रीले गरेकी थिइन्।

फेशन–शोको कोरियोग्राफी मर्निङ ग्लोरी इन्टरटेन्मेन्टकी प्रमुख कार्यकारी निर्देशक विपासना खनालले गरेकी हुन्। फरक क्षमताले युक्त बालबालिकाको हितको लागी आर्थिक संकलनको उद्देश्य राखि गरिएको यस्ता कार्यक्रमले बालबालिकाले आफ्नो क्षमता प्रदर्शनको साथै उनीहरुको आत्मविश्वास र सृजनशिलता बढ्ने आयोजक संस्था उपकार सेवा समाजकी अध्यक्ष विद्या कुमारी सरावगीले भनेकी छन्।

कार्यक्रममा प्रतिभा देखाउने बालबालिका तथा अन्य सहयोगको लागि क्लवकी प्रिसिडेन्ट ममता अग्रवालले धन्यवाद सहित मायाको चिनो प्रदान गरेकी थिइन्। क्लवले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने क्लवी संस्थापक प्रेसिडेन्ट सीमा जैनले बताएकी छन्।


प्रकाशन मिति–२०७५ साल भदौ १७ गते आइतवार ।