काठमाडौं। नेपालका चर्चित फोटोग्राफर तथा सीबी माउण्ट एण्ड फ्रेमिङ सेन्टरका प्रोप्राइटर च्याङ्बा लामाको ज्येष्ठ सुपुत्री मीना पाख्रिन तामाङ यतिखेर चर्चाको शिखरमा रहेकी छन्। मीनाले गोपीकृष्ण मूभिजले निर्माण गर्न लागेको चलचित्र रोजीको प्रमोसनल कन्टेष्टमा भाग लिएपछि एकाएक चर्चामा आएकी हुन्।

फूल होइन बोलको गीतमा मज्जाले स्वच्छन्द रुपमा मीनाले गरेको अभिनय गजब नै देखिएको छ। टिकटक म्युजिकली कन्टेस्ट नाम दिएको यस कन्टेष्टमा भाग लिन चाहनेहरुले गीतको १ मिनेटको गीतको बोलमा अभिनय गरेर भिडियो खिच्नु पर्ने प्रावधान रहेको छ।

सोही प्रावधान अनुरुप मीनाले ज्यादै मेहनत गरेर आफैले अभिनय गरेर खिचिएको यो भिडियो युट्युब च्यानल मार्फत सार्वजनि भएपछि चर्चामा आएको हो।

सानैदेखि कला र कलाकारिताको मोहले स्वतःस्फूर्त रुपमा अभिनय गर्ने जोश चलेको मीनाले भिजन संसार डटकमलाई भनेकी छन्। कन्टेष्टमा जित तथा हार भन्दा प्रतिभाको प्रस्फुटनको लागि गरिएको यसप्रकारको कार्य अत्यन्त सराहनीय रहेको पनि उनले बताएकी छन्।

मीनाको प्रतिभालाई तपाई यस गीतको भिडियो हेर्नुसक्नु हुन्छ–

https://www.youtube.com/watch?v=9liqWhozgzg&feature=youtu.be

प्रकाशन मिति–२०७५ साल भदौ २१ गते विहीवार ।