काठमाडौ। चीनमा अत्यन्तै लोकप्रिय मानिएको सियउची नामक टेलिसिरीयल नेपाली भाषामा प्रसारण प्रारम्भ भएको छ। सन् १९९६मा प्रथम पटक प्रसारण भएको यो सिरीयल चीनमा मात्रै तीन हजार पटकभन्दा बढी प्रसारण भैसकेको छ। चीनको यो सिरीयलको कथालाई विश्व प्रसिद्ध कथाको रुपमा लिईन्छ । विश्वका विभिन्न भाषामा समेत अनुवाद भएर विश्वभर प्रसारण भैसकेको यो सिरीयल चीनका प्रसिद्ध बौद्ध विद्धान ह्वेनसाड्डले बौद्ध त्रिपिटक ग्रन्थ लिन चीनबाट पश्चिमतिरका देशहरुमा गरेको यात्राको कथामा आधारित छ ।

Chinese Sirial SiUChi 1

यो सियउचीको नेपाली भर्सनको रुपमा “पश्चिमतिरको यात्रा” नाम दिएर ललितपुरवाट प्रसारण हुंदैआएको नेपालभाषाको टेलिभिजन नेपालमण्डल टेलिभिजनबाट अघिल्लो हप्ताको शुक्रबार बेलुकी नौ बजेबाट प्रसारण प्रारम्भ गरिएको छ । प्रसारण प्रारम्भको बारेमा आयोजित पत्रकार सम्मेलनमा यही कथामा आधारित चिनिया भाषामा “सि उ ची” बाहेक पनि केही अन्य सिरियलहरु बनेका र थुप्रै फिल्महरु समेत बनेको अरनिको समाजका अध्यक्ष डा.सर्वोत्तम श्रेष्ठले बताएका छन्।

Chinese Sirial SiUChi 2

डा.श्रेष्ठले यसको नेपाली संस्करणले नेपालको छिमेकी राष्ट्र चीनको बौद्ध संस्कुतिबारे जानकारी पाउने भनेका छन्। नेपाली संस्करणका डबिड्ड संयोजक पत्रकार विजयरत्न तुलाधरले नेपालीमा डबिड्ड गर्दाको अनुभवहरु सुनाए। नेपालीमा डबिड्ड र मिक्सिड्ड गर्ने बरिष्ठ प्राविधिक राजकुष्ण श्रेष्ठले डबिड्डको प्राविधिक पक्षमाथि प्रकाश पारेका थिए। यस सिरियलका प्रमुख पात्रका रुपमा रहेका बाँदरकोलागि स्वर दिएका विभिन्न प्रकारको स्वर निकाल्न सक्ने प्रतिभाका धनी उमेश मायालुले पनि आफ्नो मन्तव्य राख्नुका साथै बाँदरको अभिनय समेत गरेर देखाएका थिए ।

नेपालमण्डल टेलिभिजनका प्रबन्ध निर्देशक भाईकाजी महर्जन नयनले विश्व विख्यात टेलिसिरीयल आफ्नो च्यानलबाट प्रसारण गर्न पाउंदा आफुहरु गौरवान्वित भएको बताए। नेवाः जागरण मञ्चका अध्यक्ष सुजीब बज्राचार्यले चिनिया भाषाका अरु सिरीयल र फिल्महरु नेपाली र नेपालभाषामा समेत डबिड्ड गरीनु पर्ने कुरा औंल्याएका थिए ।

प्रकाशन मिति–२०७३ साल साउन १७ गते सोमवार ।