Santosh Hingmang 1काठमाडौ। पूर्वीनेपालको मोरंग बाहुनी–९ का सन्तोष हिङ्गमाङ्गको दिनचर्या प्राय डान्समा नै वित्ने गरेको छ। कुनैदिन डान्स सिक्दा डान्स जीउने आधार बन्ला भनेर सन्तोषले सोचेकै थिएन। नसोचेको कुरा पाउंदा उनी दंगै परेका छन्।

Santosh Hingmang 2

डान्स राम्रो पेशा बन्न सक्छ भन्ने राम्रो उदाहरण हिजोआज उनी बाहुनीमा भएको छ। यहाँका तीनवटा स्कुलहरुमा डान्स टिचिङ्ग गर्दैमा उनलाई फुर्सद हुन छाडेको छ। त्यसको अलावा स्थानिय डान्स प्रोग्राम तथा काठमाडौमा हुने विभिन्न प्रोग्रामहरुमा भाग लिन भ्याइँनभ्याइँ हुने गरेको छ।

Santosh Hingmang 4अर्कोतर्फ विभिन्न म्युजिक भिडियोहरुमा कोरियोग्राफी गर्नमा पनि व्यस्त बनिरहेका सन्तोष हिङ्गमाङ्गलाई गीतकार रमेश बराइली त पूर्वको चाँद भन्न नै रुचाउंछन्। हालै पूर्वकै राष्ट्र गीतका गायक सुमित खड्काको ट्राजेडी बोलको एक गीतको म्युजिक भिडियोमा नायक बनेर अभिनय गर्ने कार्य समेत सन्तोषले गरेका छन्।

Santosh Hingmang 3

 

सन्तोषको सोच डान्सिङ्गको अलावा हिरो बन्नु पनि हो। एकदिन तकडा हिरो बनेरै देखाउने सोचमा पनि उनी रहेका छन्। पूर्ववाटै बनेको एक्सिडेन्ट नामक चलचित्रमा सीआइडीको भूमिकामा सशक्त अभिनय समेत गरिसकेका छन्।

प्रकाशन मिति–२०७३ साल साउन १६ गते आइतवार ।