Gopal Dhakal Chhande.1काठमाडौ। नेपाल टेलिभिजनको इतिहासमा अत्यन्त लोकप्रिय बन्न सफल हाँस्य सिरियल तितो–सत्यमा छन्द मिलाएर गाउन सक्ने कलाकार चर्चामा आएका थिए। उनै कलाकार छन्देको नामवाट अत्यन्त चर्चित बन्यो। सवैले उनलाई छन्दे भनेर चिनियो। उनै कलाकार छन्देको बास्तविक नाम गोपाल ढकाल हो।

गोपाल ढकाल भन्दा पनि उनलाई छन्दे नामवाट सवैले चिन्दैआएका छन्। छन्दको भाका मिलाएर गाउन सक्ने बेग्लै खुवी भएका यिनै कलाकार छन्दे गोपाल ढकालले पछिल्लो पल्ट योङ्गस्टारलाई टार्गेट गरेर झ्याप्प–झ्याप्प लब बोलको र्याप गीतको रमाइलो गीतको भिडियो विश्वभर एकसाथ युट्युबको माध्यमवाट सार्वजनिक गरेका छन्।

Gopal Dhakal Chhandeनेपाल, बेलायत र स्कटल्याण्डमा छायाँकन गरिएको झ्याप्प–झ्याप्प लबमा झ्याप्प–झ्याप्प लब गर्ने अश्लिल दृश्य भने छैन्। र्यापको माध्यमवाट र्यापिङ्ग स्टाइलको रमाइलो गीत रहेको छ। जसमा कलाकार छन्दे गोपाल ढकाल आफैले गाउनुको अलावा गीतको भिडियोको निर्देशन पनि गरेका छन्।

स्वर, शव्द तथा संगीत पनि छन्देकै रहेको छ। गीतमा र्याप गाउने कार्य भने जजन घिमिरेवाट भएको छ। कोरियोग्राफी रमेश रेग्मीले गरेका छन्। सिनेमाटोग्राफी सनमकुमार बैराग, शालिग्राम दुलाल, हर्कमान वाइवाको रहेको छ। लण्डनका प्रसिद्ध मेकअप आर्टिष्ट नानी बैरागको मेकअप रहेको यस भिडियोमा पृथक ग्रुप, सनम कुमार बैराग (लण्डन), सागर खत्री ( स्कटल्याण्ड ), विजय डंगोल (इडिङ्गबर्ग, स्कटल्याण्ड) र होमराज पौडेलले मोडलिङ्ग अभिनय गरेका छन्। ग्राफिक तथा इफेक्ट अक्की शर्माले दिएर भिडियोलाई बेजोड बनाउने कार्य भएको छ।

प्रकाशन मिति–२०७३ साल माघ १ गते शनिवार ।