Yam Buddhaकाठमाडौ। नेपालमा यम बुद्ध नामले अत्यन्त चर्चित गायक अनिल अधिकारीको आज शनिवार बेलायतको राजधानी लण्डनमा निधन भएको छ।

केही समययता बेलायत बस्दैआएका गायक यम बुद्धले उत्तर लण्डनस्थित निवासमा आत्महत्या गरेको बीबीसीले जनाएको छ। शनिवार यम बुद्ध बाथरुममा झुण्डिएको अवस्थामा भेटिएको पुष्टि पनि बीबीसीले गरेको छ।

२९ बर्षिय गायक यम बुद्ध बेलायतमा पत्नीसहित बस्दैआएका हुन्। यम बुद्धको शव पोष्र्टमार्टमका लागि नर्थवीक पार्क हस्पिटल ह्यारोमा राखिएको छ। धरानमा जन्मिएका र्याप गायक यम बुद्ध युवामाझ अत्यन्त लोकप्रिय र्या।प गायकको रहेका छन्।

प्रकाशन मिति–२०७३ साल माघ १ गते शनिवार ।