काठमाडौं। नेपाली चलचित्र उद्योगमा यतिखेर बोल्ड क्यारेक्टरका दुई नायिका बर्षा राउत र केकी अधिकारी अग्रपंक्तीमा रहेका छन्। यी दुई नायिका प्राय चलचित्रमा बोल्ड क्यारेक्टरमा गजबले छपक्कै छाउने गरेका छन्।

चार बूढाहरुलाई हिरो बनाएर निर्माण गरिएको चलचित्र चौका दाउमा छक्का मार्ने नायिका जब्बरकी बर्षा राउत हुन्। जसले यौनप्यासी चार बूढाहरुलाई नराम्ररी लुट्नु लुट्ने जब्बरको रोलमा न्यायपूर्ण अभिनय गरेर सवैलाई कायल पारेकी छन्।

त्यस्तै गरेर क्रान्तिमा सानैदेखि होम्मिएका कामरेडको भूमिकामा रहेका दीपकराज गिरीको मनलाई जबरजस्ती तान्ने गजबको काम चलचित्र छ माया छपक्कैमा केकी अधिकारीले गरेर देखाएकी छन्।

बर्षा राउतको चौका दाउको रोल र केकी अधिकारीको छ माया छपक्कैको अभिनय अत्यन्त बोल्ड रहेको छ। दुवैले ती चलचित्रमा जीवन्त अभिनय गरेर सवैको मन जितेका छन्। जब्बर क्यारेक्टरमा यी दुई नायिका अत्यन्त बोल्डनेस देखिएका छन्।


प्रकाशन मिति–२०७६ साल कात्तिक १७ गते आइतवार ।