काठमाडौं। भियतनाममा भएको मिस एशिया अवार्ड २०१९ मा यो बर्षवाट नेपालको पनि प्रतिनिधित्व भएको छ। नेपालवाट पहिलो पल्ट १७ बर्षिया सुन्दरी रुविश्का श्रेष्ठले भाग लिएकी छन्। अत्यन्त प्रतिभाशाली तथा मेधावी विद्यार्थी रुविश्काले भियतनाममा नेपाल र नेपालीको परिचय दिन सफल भएकी छन्।

विश्वका २५ देशका सुन्दरीहरुले भाग लिएको मिस एशिया अवार्ड २०१९ मा रुविश्का टप–११ सम्म आइपुगेकी थिइन्। त्यसको अलावा एक सव–टाइटल अवार्ड रुविश्काले जितेर नेपालको नाम चम्काउन सफलता प्राप्त गरेकी छन्। उक्त सव–टाइटल अवार्ड Truezyme Korea Award रहेको छ।

अवार्डमा भाग लिन जान केही महिनाअघि मात्र मोटरसाइकल दुर्घटनामा एक महिनाभन्दा बढी बेडरेष्टमा परेको कारण भनेजस्तो तयारी पूरा गर्न नसकेतापनि यतिसम्म सफलता हासिल गर्न सक्नु सुखद पक्ष हो।

रुविश्काको यो सफलतामा रुविश्काकी आमा नेपालकी बरिष्ठ मेकअप आर्टिष्ट रुश्का बैद्य श्रेष्ठले आफूलाई अत्यन्त गौरबता लागेको भिजन संसार डटकमलाई बताएकी छन्।
प्रकाशन मिति–२०७६ साल कात्तिक १७ गते आइतवार ।