काठमाडौं। नेपालभाषाको म्युजिक भिडियोको इतिहासमा चौविस घण्टा नवित्दै एक नयाँ म्युजिक भिडियोले ऐतिहासिक रेकर्ड राखेको छ। नेवाः माँ बा या मचात बोलको गीतले उक्त रेकर्ड राखेको हो।

अग्रज अभिनेता तथा निर्देशक पवन जोशीको निर्देशनमा धुँदेय प्रोड्क्सन कीर्तिपुरले निर्माण गरेको उक्त म्युजिक भिडियो सोमवार राति ८ बजेवाट मात्र हाइलाइट्स नेपालवाट सार्वजनिक भएको थियो।

सार्वजनिक भएको चोविस घण्टा नवित्दै मंगलवार राति ७ बजेसम्म ७ हजार ५ सयभन्दा बढी भ्यूअर्सले हेरिसकेको रेकर्ड पाइएको छ। यस हिसावले रातारात भाइरल भएको यो गीतको म्युजिक भिडियोमा छोरीहरुलाई दुःख गरेर पढाउनु पर्छ भन्ने सामाजिक सन्देश समेत दिएको छ।

जसमा रामभक्त महर्जन रमझमको रचना, गुज्ये मालीको संगीत तथा रत्नशोभा महर्जन, दीपा महर्जन, रानीशोभा महर्जन र बीरमाया महर्जनको गायन रहेको छ। राजेश शाक्यको छायाँकन तथा सम्पादन, अनु महर्जनको नृत्य, मेकअप जीवन पासाको रहेको छ। त्यसैगरेर, रामकृष्ण धिंना, जमुना महर्जन लगायतकाको छ।

प्रकाशन मिति–२०७६ साल कात्तिक १९ गते मंगलवार ।