काठमाडौं। नेपाली चलचित्रकी अभिनेत्री जेनी कुँवरलाई नेपालमा जारी लकडाउन थाहा नै भएन। अर्थात नेपालमा जारी लकडाउनले जेनीलाई छुदै छोएन।

लकडाउन शुरु भएदेखि भगवान पशुपतिनाथको पावनभूमि मृगस्थली अवस्थित बाबा गोरखनाथ मन्दिर परिसरमा भजन कीर्तनमा मनमग्न बन्दैआएकी जेनी तीनहप्ता यता गोरखनाथ नजिक विश्वरुपा मन्दिरमा व्यस्त रहेकी छन्।

विना माक्स नियमित रुपमा गाडी मज्जाले चलाएर थापागाउं वानेश्वर निवासवाट पशुपतिना आउने गरेकी जेनीलाई कही कतैवाट रोक्ने कार्य पनि भएको छैन्। अत्यन्त आत्मविश्वासी तपस्वीको रुपमा जेनी देखिएकी छन्।

विश्वरुपा मन्दिरमा बसेर नियमित विहान ११ बजे देखि साँझ ६ बजेसम्म नियमित भजन–कीर्तन तथा नाचगानमा रम्दै गोरखनाथको आराधनामा लिन रहेकी छन्। यसलेगर्दा पनि नेपालमा जारी लकडाउनको जेनीलाई अनुभव नै नभएको वताएकी छन्। कोरोनासोराना केही नभएको भनेकी छन्।

मानिसले अनेक पाप गरेको कारण आफैवाट डराएर भाग्नुपर्ने अवस्था आएको तथा मुख लुकाएर मुखमा माक्स लगाएर बस्नुपरेको पापमय समय आएको जेनीको भनाइ छ। अवको केही समयपश्चात यी सवै पापको मोक्ष हुने जेनीको दावी रहेको छ। अहिलेका सवै पापीहरुको अन्त्य हुने पनि उनको जिकिर रहेको छ।

प्रकाशन मिति–२०७७ साल असार २० गते शनिवार ।