ईटहरी। पूर्वी नेपालको ईटहरीमा हिन्दू महिला दिदीबहिनीहरुको महान पर्व तीजको अवसरमा टिकटक तीज कन्टेस्ट नै भएको छ। टिकटक तीज क्वीन २०७७ नाम दिएर कन्टेस्ट भएको हो।

परिकला मिडियाले कोरोना त्रासको बिच सामाजिक संजाल मार्फत आयोजना गरेको उक्त टिकटक तीज क्वीन २०७७ को नतिजा तीजकै दिन सार्बजनिक गरिएको छ। टिकटक तीज क्वीन २०७७ मनिका बोहोरा बनेकी छन्। फर्स्ट रनरअप एलिशा क्षेत्री र सेकेन्ड रनरअप सिर्जना पोख्रेल भएका छन् ।

यस्तै सब–टाईटल अवार्ड पाउनेहरुमा बेस्ट ड्रेसअप मन्जु मगर, बेस्ट एक्स्प्रेसन भावना श्रेष्ठ, बेस्ट डान्स जुनु श्रेष्ठ, ब्युटीगर्ल ईजिना चौलागाईं, बेस्ट क्वालिटी संगीता रेग्मी, बेस्ट लिटिल स्टार अज्लिना शर्मा र मिस चार्मिङको अवार्ड रश्मिता श्रेष्ठले जितेकी छन् ।

त्यस्तै जन्मजात अपाङ्ग भएर सुन्दर जिन्दगी जिउन कोशिस गरिरहेकी हेटौडाकी देवी ढुङेलको स्वेच्छाले प्रतियोगितामा सहभागीता रहेको थियो। त्यो इच्छा शक्तिलाई सम्मान गर्दै आयोजक टिमको तर्फबाट नगद २,५०० ‘प्रोत्साहन पुरस्कार’ स्वरुप दिने घोषणा समेत भएको छ।

डिथ्रीको स्टुडियोबाटै लाईभ गरिएको लाईभ कार्यक्रमबाट बिजेताहरु घोषणा मात्र गरिएको तर पुरस्कार बितरणको कार्य भने वांकी नै भएको आयोजक कन्सेप्ट डिजाईनर, ब्यवस्थापक तथा परिकला मिडियाका प्रवन्ध निर्देशक सुवास श्रेष्ठ संकल्पले बताएका छन्। कोरोनाको त्रास कम भएपछि एक औपचारिक कार्यक्रमको आयोजना गरि बिजेताहरुलाई पुरस्कार तथा अवार्ड बितरण गरिने संकल्पको भनाई छ।


प्रकाशन मिति–२०७७ साल भाद्र ५ गते शुक्रवार (हरितालिका तीज) ।