काठमाडौं।नसाको कारण परिवार नास भएको जीवन्त कथामा नेपालभाषामा नयाँ सटमुबी नसा द फुड निर्माण भएको छ। परिवारलाई बेवास्ता गरेर नशा अर्थात रक्सीमा रमाउने श्रीमानको कारण श्रीमती र बच्चाहरुले भोग्नु परेको पीडा अनि सोही पीडाका कारण परिवारकै विनास भएको दुःखान्त कथामा नसा द फुड निर्माण भएको हो। 

सटमुबी नसा द फुडमा नेपालभाषा चलचित्रका नंबरी नायिका आराध्यलक्ष्मी खड्गी तथा सुपरस्टार रुपेन श्रेष्ठको स्वभाविक अभिनय रहेको छ। साथमा सुमन चित्रकार, सनमकुमार घायल, भेष महर्जन, श्रीकृष्ण खड्गीका साथमा बाल कलाकार सिम्रिक श्रेष्ठ र अस्तर खड्गीले अभिनय गरेका छन्।

सोहन मानन्धरको छायाँकन तथा सम्पादन रहेको यस चलचित्रको लेखन तथा निर्देशन राजेशमान सिंहले गरेका हुन। अंग्रेजीमा समेत सबटाइटलिङ रहेको छ। अंग्रेजी सवटाइटलिङ गर्ने कार्य सजेशमान सिंहवाट भएको छ।

प्रकाशन मिति–२०७७ साल भाद्र ६ गते शनिवार ।