काठमाडौं। ख्यातिप्राप्त अभिनेत्री दीपाश्री निरौलाले आफ्नो फिल्मी करियरको तीस बर्षमा महानायक राजेश हमालको विषयमा वोलेर ठूलो गल्ती गरेको स्वीकार गरेकी छन्। अभिनेत्री निरौलाले आइतवार आफ्नो जन्मदिनको अवसर पारेर आफूल ठूलो गल्ती गरेको स्वीकार गरेकी हुन।
प्राइम टेलिभिजनको फिल्मी कार्यक्रममा महानायक राजेश हमालको विषयमा टिप्पणी गर्दा चर्को मारमा परेकी अभिनेत्री निरौलाले आफूले गल्ती गरेको स्वीकार गर्दै अव उप्रान्त त्यसप्रकारको गल्ती नगर्ने जन्मदिनको अवसरमा प्रण पनि गरेकी छन्।
तीस बर्षको फिल्मी करियरमा धेरै नै उतारचढाव भोग्दै नेपाल टेलिभिजनको हांस्य सिरियल तितो सत्य विसं. २०६० वाट शुरुवात भएपछि सफलताको शिखर चुम्दैगएकी अभिनेत्री निरौलालाई चलचित्र छक्का–पञ्जाको क्रमिकताको थप सफलताले शिखरमा नै पुगेको कुरालाई नकार्न मिल्दैन।
सफलताको शिखर चुम्न ज्यादै कठिनता भएतापनि असफलतामा झर्न एक शव्दले काफी हुने कुरा जन्मदिनमा अभिनेत्री निरौलाले आत्मसात गरेर त्यसलाई सुधार्ने प्रयत्न गरेकी छन्। जुन अभिनेत्री निरौलाको महानता पनि हो।
अभिनेत्री निरौलालो भिडियोमा आफूले तीन गल्ती गरेको स्वीकार गरेकी छन्। व्यक्तित्व विकासमा अझै कमजोरी फिल भयो भनेर अभिनेत्री निरौलाले तीन गल्ती यसप्रकार भएको भिडियोमा उल्लेख गरेकी छन्–
१.टीका लगाएको दाइले वोलाएको भनेर विना तयारी गए
२.घोचिला पेचिला प्रश्नले गर्दा आफैलाई कन्ट्रोल गर्न सकिएन
३.सिनियर कलाकारकाो टिप्पणी गर्नु गल्ती र शव्द चयन राम्रो भएन
प्रकाशन मिति–२०७७ साल भाद्र ७ गते आइतवार ।