Mr.Ganga Bahadur Nemkul
Mr.Ganga Bahadur Nemkul

काठमाडौ। नेपालमा नेपाली,नेवार तथा तामाङ गरेर तीनभाषामा चलचित्र टेम्पो चालक निर्माण गरेर बेग्लै चर्चा तथा ख्याति कमाएका निर्माता तथा नायक गंगा बहादुर नेम्कुल हुन्।

गंगा बहादुर नेम्कुलले काठमाडौ पाटनको रुटमा टेम्पो चलाउने कोपिला तामाङलाई नै नायिका बनाएर चलचित्र टेम्पो चालक निर्माण गरेर प्रदर्शन गरेका थिए। जसमा टेम्पो चालक कोपिला तामाङको नायकको भूमिकामा निर्माता गंगा बहादुर नेम्कुल नै रहेका छन्।

Tempo chalak 1

अष्ट्रेलियामा लामो समय नेपाल फर्कदा टेम्पोमा यात्रा गर्ने क्रममा टेम्पो चालकसंग नै माया–प्रेम बस्ने कथामा आधारित चलचत्रि टेम्पो चालकको निर्देशन चर्चित हाँस्य अभिनेता रबि डंगोलले गरेका हुन्।

लामो समय अष्ट्रेलिया बसोबास गरेर नेपाल फर्केको समय पारेर नेम्कुललाई नै नायक बनाएर निर्माण गरिएको चलचित्र टेम्पो चालकमा तीन भाषा प्रयोग भएको छ। यसले गर्दा पनि यस चलचित्रको बढी महत्वमा बृद्धि भएको हो।

Tempo chalak 2

यिनै चलचित्र टेम्पो चालकका असली निर्माता तथा नायक गंगा बहादुर नेम्कुल हाल युरोपमा रहेका छन्। युरोपको पोर्तुगलमा रहेका नायक नेम्कुलकै अगुवाई तथा कडा मेहनत र अथक पर्यास पछि नेपालीहरु माझ नेपुगल Nepugal  नामक टेलिभिजनको सुरुवात भएको छ ।

Ganga Bahadur Nemkul 1

नेपालको ने अनि पोर्तुगलको गल मिलाएर नेपुगल नाम तय गरेर टेलिभिजनको शुभारम्भ गरिएको नायक नेम्कुलले भिजन संसारसंगको कुराकानीमा भनेका छन्। नेम्कुलको पोर्तुगिलिस साथी फेन्सेस्कोले यस टेलिभिजनको नाम जुराएका हुन्।

Mr. Ganga Bahadur Nemkul
Mr. Ganga Bahadur Nemkul

सूचना तथा मनोरञ्जनात्मक यस टेलिभिजनले पोर्तुगलमा रहेका नेपालीहरुलाई नै केन्द्रित गरेर नेपाली भाषामा नै प्रसारण आरम्भ गरिएको पनि नेम्कुलले भनेका छन्।
प्रकाशन मिति–२०७४ साल कात्तिक ३ गते शुक्रबार ।