काठमाडौ। बलिउडका महशुर अभिनेता कादर खानलाई मन नपराउने कमै होलान्। कादर खानको बोल्ने तौर–तरीका तथा अभिनय शैलीले दुनियाँलाई दंगै बनाउने गरेका छन्। यिनै सवैको अत्यन्त प्रिय अभिनेता यतिखेर विरामी रहेका छन्।

Mr.Kadar Khan-Vetran Actor of Bollywood.
Mr.Kadar Khan-Vetran Actor of Bollywood.

बलिउडका समाचार एजेन्सीहरुका कारण ७९ बर्षका कादर खान बिरामी भएर हिड्डुल गर्न सक्दैनन्। बोल्न पनि कादर खानलाई अत्यन्त गाह्रो हुने गरेको छ। यसले गर्दा फिल्म खेल्न छाडेको पनि धेरै भएको छ।

समाचार अनुसार, कादर खान बिना सहारा हिँडडुल गर्न सक्दैनन् । उनलाई बोल्न पनि गाह्रो हुन्छ। साथै उनी अरुले बोलेको पनि बुझ्दैनन्। छोरा सरफराजले बोलेको मात्रै बुझ्छन् । यद्यपि उनी आफ्ना परिवार, आफन्त र साथीभाईलाई भने राम्ररी पहिचान गर्न सक्छन्।

उनको स्वभाव भने बच्चाको जस्तै भएको छ । बुहारी शाइस्ताले आफ्ना दुई छोरीहरुको सहयोगले ससुराको हेरविचार गर्ने गरेको भनेकी छन् । कादर खानका छोरा सरफराजका अनुसार कादर खानको घुँडाको अपरेसन पनि गरिएको छ । अपरेसन सफल भए तापनि उनी हिँडडुल गर्न भने सकेनन्।
प्रकाशन मिति–२०७४ साल कात्तिक ४ गते शनिवार ।