kamala-dahal-4काठमाडौ। अन्तरराष्ट्रिय नेपाली कलाकार समाज इनासकी केन्द्रिय बरिष्ठ उपाध्यक्ष कमला दाहाल टिपिकल नेपाली नृत्यका चर्चित कलाकार हुन्।

kamala-dahal-1

हाल जर्मनमा स्थायी बसोबास गर्दैआएकी कलाकार दाहाललाई त्यहाँ नेपाली टिपिकल नृत्यकी क्वीन पनि भन्ने गरिएको छ। सानैदेखि नृत्यमा रुचि भएकी कलाकार दाहालले आफ्ना कला धेरै स्थानमा प्रस्तुत गरेर धेरैको वाहवाही पाइसकेकी छन्।

kamala-dahal-3

चर्चित नृत्य निर्देशक राजु शाहव्दारा निर्देशित चलचित्र सपनाको नौलो संसारमा पनि अभिनय गरिसकेकी छन्। यसको अलावा ओमविक्रम विष्ट, किशोर भट्टराई लगायतका गीतहरुको म्युजिक भिडियोमा मोडलिङ्ग समेत गरिसकेकी छन्।

kamala-dahal-2

दुई छोराका आमा दाहाल कुनैबेला छोराहरु सानै हुंदा स्टेजको एक छेउमा छोरालाई स्तनपान गराएर अर्को छेउमा गएर नाचेर कीर्तिमानी कायम गर्ने कार्य पनि उनीवाट भएको थियो।
प्रकाशन मिति–२०७३ साल पुस २७ गते बुधवार ।