काठमाडौ। नेपालगञ्जबाट जुम्लाका लागि उडेको तारा एयरको विमान दुर्घटनामा परेको छ।

नेपालगञ्ज विमानस्थलबाट शनिबार दिउँसो २ बजेर १५ मिनेटमा उडेको कल साइन ९ एईभी जहाज जुम्ला विमानस्थलमा २ बजेर ५० मिनेटमा अवतरण गर्ने क्रममा टायर पञ्चर भएर दुर्घटना भएको हो।

चालक दल (पाइलट, कोपाइलट र एयर होस्टेज)सहित १९ जना सवार जहाज अवतरणका क्रममा टायर पञ्चर भएपछि जहाज धावनमार्गमा चिप्लिएर तार जालीमा अड्किएको थियो। कुनै मानविय क्षति नभएको र सम्पूर्ण यात्रु सकुशल रहेको जनाइएको छ।
प्रकाशन मिति–२०७५ साल जेठ २६ गते शनिवार ।