नयाँ दिल्ली। भारतमा ठूलो मेघगर्जन र चट्टयाङमा परेर मंगलवार कम्तिमा ५० जनाको मृत्यु भएको छ। उत्तरी भारतको विभिन्न स्थानमा परेको चट्टयाङमा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका हुन्।

तीब्र गतिमा आएको हावा र चट्टयाङले पुर्‍याएको मानवीय र भौतिक क्षतिका कारण थुप्रैं गाउँ शोकमा डुबेको छ। धेरैको मृत्यु सुतिरहेकै समयमा भएको बताइएको छ। घरका पर्खालहरु भत्कँदा थुप्रैं मानिस घाइते बनेका छन्।

विहारको पूर्वी क्षेत्र सबैभन्दा बढी नराम्ररी ध्वस्त भएको छ्। ती क्षेत्रमा कम्तिमा २० जनाको मृत्यु भएको पुष्टि भएको छ। उत्तर प्रदेशमा १२ जनाको मृत्यु भएको छ। खराब धुँलो र धुँवाले एक सय जनाभन्दा बढीको मृत्यु भएको केही हप्ताकै बीचमा फेरि यो प्राकृतिक चपेटमा स्थानीय परेका हुन्।

 (समाचारएजेन्सीको सहयोगमा)

प्रकाशन मिति–२०७५ साल जेठ १६ गते बुधवार।