काठमाडौं। यो बर्ष बेलायतवाट निर्माण भएको सर्टमूबी शुन्यवाट विश्वभर चर्चाको शिखरमा रहेका बहुमुखी प्रतिभाका धनी नायक ध्रुब दत्त एक पछि अर्को गरेर म्युजिक भिडियोहरुमा पनि अत्यन्त व्यस्त बन्दैआएका छन्।

यो बर्ष एक पछि अर्को गरेर पाँच विविध भूमिकामा पाँच हिट म्युजिक भिडियोमा अभिनय गरेर नायक ध्रुब दत्तले व्यापक चर्चा बटुलेका छन्। यसक्रममा आज शुक्रवार रिलिज भएको एक मनमोहक म्युजिक भिडियोमा स्वभाविक अभिनय गरेर अर्को आयाम कायम गरेका छन्।

डिजी प्रोडक्सनको प्रस्तुति तथा धन किरण गुरुङको शव्द, स्वर र संगीत रहेको तिमी र म बोलको म्युजिक भिडियोमा अभिनेता ध्रुब दत्तले गजबको अभिनय गरेर थप नयाँ आयाम कायम गरेको हो।

हाल टिकटक स्टारका रुपमा चर्चा बटुल्दैआएकी रिया लिम्बूको पनि आयामिक अभिनय रहेको तिमी र म बोलको म्युजिक भिडियोमा नायक ध्रुब दत्तसंग गजबले केमिष्ट्री मिलेको छ। दुवैको अभिनय अब्बल पाइएको छ। अल्का गुरुङ निर्माता तथा प्रभु गुरुङ निर्देशक रहेको यस भिडियो लण्डनमा नै छायाँकन गरिएको हो।

प्रकाशन मिति–२०७७ साल मंसीर १२ गते शुक्रवार ।