काठमाडौ। तीज गीतमा अझ त्यो पनि मार्मिक गीत भएपछि सवै दुःखी अनि घायल बन्नु स्वभाविक हो। त्यस्तै तीज गीत यो बर्षको महान पर्व तीजको अवसरमा गायिका धनकुमारी थापा सरुले सार्वजनिक गरेकी छन्।

सोमबार काठमाडौको दरबारमार्गमा रहेको जुनकिरी दोहोरी क्लबमा गायिका सरुले सोही तीज गीत ‘आमा बरी लै’ बोलको गीतको भिडियो सार्वजनिक गरिएकी हुन्। गोरखा म्युजिकको प्रस्तुति रहेको आमा र छोरीको सम्बन्ध बोल्ने यस गीतमा बरिष्ठ गायिका बिमा कुमारी दुरा, गायक नरेश खाति, गायिका धन कुमारी थापा ‘सरु’ र शान्तिश्री परियारको स्वर समावेश छ।

स्वयम गायक खातिको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । सार्वजनिक भएको भिडियोमा बरिष्ठ हास्यकलाकार किरण केसी ‘राता मकै’, मोडल दिपासा बिसी, कलाकार शर्मिला शर्मा, स्वयम सर्जक नरेश खाति र धन कुमारी थापा सरुले अभिनय गरेका छन्।

सार्वजनिक समारोहमा रातामकै किरण केसी, ख्यातिप्राप्त फोटोग्राफर च्याङ्बा लामा लगायतका विशिष्ट व्यक्ति–विशेषको उपस्थिति रहेको थियो।

https://www.youtube.com/watch?v=uARSRxXbZhE

प्रकाशन मिति–२०७५ साल साउन २१ गते सोमवार ।