काठमाडौ। दशौं डी सिने अवार्ड संपन्न भएको छ। जसमा अनमोल केसी र निता ढुंगाना उत्कृष्ट नायक नायिका घोषित भएका छन्।

ख्यातिप्राप्त चलचित्र पत्रकार शान्ति प्रिय अध्यक्ष रहेको छायाछवि क्रियशनद्वारा विहीबार साँझ काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित अवार्ड समारोहमा अनमोलले फिल्म ‘कृ’बाट उत्कृष्ट नायकको अवार्ड जिते भने निताले ‘पञ्चायत’बाट अवार्ड जितिन।

समारोहमा बसुन्धरा भुसाललाई ‘लाइफटाइम लिजेन्डरी अवार्ड’बाट सम्मानित गरियो। विभिन्न २९ विधामा अवार्ड वितरण गरिएको थियो।
प्रकाशन मिति–२०७५ साल जेठ १२ गते शनिवार ।