नयाँ दिल्ली। बलिउडकी ख्यातिप्राप्त अभिनेत्री दीपिका पादुकोण तथा अभिनेता रणवीर सिंहबीचको प्रेम तथा रोमान्सको दुवैले पर्दाफास गरेका छन्।

दुवैले यो बर्षको १९ नोभेम्बरमा विवाहको मिति पनि तय गरिसकेका छन्। भारतीय दैनिक पत्रिका भाष्करका अनुसार दीपिकाको परिवारले दुवैको जन्म–कुण्डली ज्योतिषीलाई हेराएपछि विवाहको मिति तय गरिएको हो।

दीपिकाको परिवारले तय गरेको मितिमा बिहे गर्न रणवीरको परिवार पनि सहमत भएको हो। उनीहरू दुवै वीचको विवाह दक्षिण भारतीय संस्कार अनुसार हुने भएको छ।प्रकाशन मिति–२०७५ साल जेठ १४ गते सोमवार ।