काठमाडौ। बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण फेरि स्थगित भएको छ।

आयोजक संस्था ओडीसी इन्टरनेसनलले सामाजिक सञ्जाल फेसबुक मार्फत विशेष कारणबस कार्यक्रम दोश्रो पटक पनि स्थगित भएको भनेको छ।

पहिलोपटक काठमाडौंको टुँडिखेलमा हुने भनिएको सलमानको ‘दबंग द टुर’ १० मार्चका लागि तय भएको थियो।

सलमानसँगै बलिउड कलाकारहरू सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएकोमा विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल भ्रमणा स्थगित भएको बताएका थिए।


प्रकाशन मिति–२०७५ साल जेठ १४ गते सोमवार ।