काठमाडौ। काली तर, हिस्सी परेकी बलिउड स्वप्न सुन्दरी अभिनेत्री काजोलको सिंगापुरमा मैनमूर्ति निर्माण भएको छ।

आकर्षक ढंगवाट निर्माण भएको त्यस मैनमूर्तिको उदघाटन कार्यक्रममा छोरी न्यशाका साथमा त्यहाँ पुगेकी काजोलले आफ्नो मैनको मूर्ति देखेर आफै चकित बनेकी छन्।

सोही चकित अवस्थामा जमेर आफ्नै मैनमूर्तिसंग मज्जाले सेल्फी खिच्न भ्याएकी छन्। जुन सेल्फी फोटो काजोलले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेपछि यस फोटोको भाइरल नै बनेको छ।
प्रकाशन मिति–२०७५ साल जेठ १४ गते सोमवार ।