काठमाडौ। बलिउड दबंग हिरो सलमान खानकी दवंग हिरोइनको रुपमा अत्यन्त चर्चा पाएकी बलिउड अभिनेत्री सोनाक्षी सिन्हा नयाँ लुक्समा देखा परेकी छन्।

सोनाक्षीले इन्स्टाग्राममा आफ्नो नयाँ लुक्समा फोटो शेयर गरेकी छन् । जसमा सोनाक्षी ऐब्स बनाउन खोज्दैछिन् । सोनाक्षी लामो समयदेखि आफ्नो वजन घटाउने प्रक्रियामा लागिरहेकी छन्।

अब यो नयाँ लुक्समा उनलाई फिल्म ’दबंग ३’ मा सलमान खानसँग दर्शकले देख्न पाउनेछन्। फिल्म दबंग ३ मा उनलाई पूरा नयाँ लुक्समा देखिने भएको छ।

फिल्मको निर्देशक अरबाज खान र निर्माता प्रभू देवाले गरेको पुष्टि अनुसार सनमानको अपोजिटमा सोनाक्षी बन्ने पक्का भएको छ।
प्रकाशन मिति–२०७५ साल जेठ १५ गते मंगलवार ।