–श्याम स्मृत
काठमाडौं। नेपाली चलचित्र उद्योगमा स्टार क्रेज पहिला जस्तो आजको समयमा अवश्य पनि छैन्। हिजोका दिनहरुमा स्टार क्रेज निक्कै नै थियो। चलचित्रमा खेल्ने कलाकारहरुलाई भगवान जस्तो मान्ने त्यो समय पनि थियो। जुन समयमा कलाकार भनेपछि क्रेजी दर्शकहरु अघि–पछि लाग्ने गर्दथ्यो।

त्यो क्रेजमा जमेका नायक धीरेन शाक्यको क्रेज हिजोका दिनमा जस्तै आजको दिनमा पनि त्यस्तै छ। हिजोका दिनमा शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, करिश्मा मानन्धर, गौरी मल्ल, मिथिला शर्माहरुलाई चिनेजस्तै धीरेन शाक्यलाई पनि नचिन्ने कमै थिए। आजका दिनमा पनि हिजोका पुस्ताका बच्चाहरु यतिखेर योङ भैसकेको अवस्थामा पनि धीरेन शाक्य भनेपछि उही कर्जा फिल्ममा नारायणघाट पूरै बजारमा रिक्सा चलाउने ज्यानदार सुपर हिरोका रुपमा चिन्नेहरु अझै छन्।

अर्को चलचित्र सिमानामा नायक राजेश हमालसंग टक्कर दिने नायकका रुपमा पनि धीरेन शाक्यलाई चिनेकै हो। आज समय बदलियो। धीरेन बदलिएको छैन्। उमेरले पचास प्लस भैसक्दा पनि धीरेन शाक्यको एउटा कपाल पनि फुलेको छैन्। यो धीरेन शाक्यको फिजिकल नेचुरल प्लस हो। धीरेन शाक्य र धीरेन शाक्यको ज्यान तथा अभिनयलाई मन नपराउनेको अझै पनि कुनै कमी देखिदैन।

स्टार हुनुको स्टारडमलाई विगत तीस बर्षदेखि निरन्तर कायम गर्न सक्ने नायकका रुपमा धीरेन शाक्य अग्रपंक्तीमा देखिएका छन्। हरेक दिनजस्तो नियमित व्यायाम तथा उचित आहार–विहारमा जमेका ज्यानदार नायक धीरेन शाक्यले ब्रिटिश आर्मीमा सेलेक्ट भएर पनि कलाकारिताको मोहमा चुर्लुम्म डुबेर लोभलाग्दो ब्रिटिश आर्मीको जागिर छाडेका थिए।

ब्रिटिश आर्मीमा निरन्तर जागिर खाएको भएतापनि यतिखेर रिटायर्ड भैसक्थ्योहोला । सिमित व्यतिले मात्र आर्मीमा चिन्ने गर्दथ्योहोला। कलाकारितामा लागेर सारा विश्वले धीरेन शाक्यलाई चिनेको छ। रिटायर्ड हुनुपरेको छैन्। अझ जल्दोबल्दो भएर कलाकारितामा लाग्न सफलता मिलेको छ। ठूलो पर्दाको चलचित्र पहिलो–प्रेम देखि पछिल्लो चलचित्र चोर र पुलिससम्म आइपुग्दा ८६ वटा चलचित्रमा अभिनय गरिसकेका धीरेन शाक्यले मातृभाषा नेपालभाषाका चलचित्रहरु तुयुमति, त्याग, सनाखत लगायतमा अभिनय गरिसकेका छन्।

दर्जनौ दर्जन आधुनिक तथा लोकदोहरीका गीतहरुमा पनि मज्जाले अभिनय गरेर सवैवाट वाहवाही पाएका धीरेन शाक्यले अभिनयका सवै रसमा अभिनय गरिसकेका छन्। नगरको भनेको चलचित्रको निर्देशन र चलचित्र निर्माण मात्र हो। इक्वीप्मेन्ट पोष्टप्रोडक्सनको बिजनेशलाई पनि निरन्तरता दिदैआएका धीरेन शाक्यलाई राजनीतिमा आउन अफर आएकै हो।

धीरेन शाक्यलाई दुनियाँले चिफ मिनिस्टर भएको हेर्न चाहेतापनि सानैदेखि राजनीति मन नपरेको कारण राजनीतिमा होम्मिएर चिफ मिनिस्टर बन्ने सोच नै भएन। सवै पार्टीको कार्य देखिसकेको कारण कुनैपनि पार्टीप्रति आस्था नभएको र हालसम्म स्वतन्त्र भएको ठहर धीरेन शाक्यको रहेको छ। राजनीतिमा लागेर डटी पोलिटिक्स गर्ने मनले नै नमानेको कारण कलाकारिता नै जिन्दावाद भन्न धीरेन शाक्यले रुचाएका छन्।

पश्चिम नेपालको पाल्पा तानसेनस्थित भगवती टोलमा जन्मिएका धीरेन शाक्यको सानैदेखि खेलक्षेत्रमा आकर्षित थिए । पहिले फुटबल, त्यसपछि क्युकोसिन कराते र व्यायाम तथा कलाकारिता उनको जीवनशैली नै बन्यो । र अझैपनि त्यसमा निरन्तरता कायमै रहेको छ। आफ्नो जिन्दगीवाट आफै रमाउंदै हिंड्ने धीरेन शाक्यले आफूलाई कहिलेपनि कसैसंग तुलना गरेका छैनन्।

धीरेन शाक्यको लागि बेलायत, अमेरिका, जापान आतेजाते गर्नु भनेको काठमाडौंवाट पोखरा गएजस्तै हो। धीरेनले चाहेमा बेलायत, जापान र अमेरिकाको ग्रीनकार्ड पाउन कुनै कठिन छैन्। तरपनि, धीरेनलाई नेपाल नै प्यारो छ। नेपाल नै धीरेन शाक्यको लागि बेलायत, जापान र अमेरिका हो। धीरेन शाक्यको अभिनयको पहिलो चलचित्र भिडियो फिल्म प्रतिक हो भने, ठूलो पर्दाका चलचित्रमा पहिलो प्रेम हो।

धीरेन अभिनित पहिलो प्रेममा त्यो बेला सरदर चलेको फिल्म भएतापनि कर्जा भने सुपरहिट फिल्म हो। त्यस्तै धीरेनका ‘सिमाना’, ‘भीष्मप्रतिज्ञा’, ‘जन्मजन्म’, ‘सौभाग्य’, ‘रणभूमि’, ‘दाग’लगायतका थुप्रै फिल्म ब्लक–बस्टर छन्। यसकारण पनि, नयाँ तथा पुराना पुस्ताका दर्शकमाझ धीरेन शाक्य ब्लक–बस्टर हिरोका रुपमा सवैले चिनेका छन्।

धीरेन शाक्यले चलचित्र सिमाना अघिसम्म लामा लामा लोभलाग्दो कपाल पालेर दर्जनौ दर्जन चलचित्रमा अभिनय गरेर वाहवाही पाएका थिए। सवैले राजेश हमाललाई टक्कर दिने नायकका रुपमा लिएका थिए। चलचित्र सिमानामा निर्देशक प्रकाश सायमीको एक अनुरोधमा लामा न लामा लोभलाग्दो कपाल काटेर पुलिस इन्सपेक्टरको रोल गरेर अभिनयमा छलाङ मारेका धीरेनले त्यसपछिका कुनैपनि चलचित्रमा लामो न लामो कपालमा अभिनय गरेनन्। पुलिस कट कपालमा नै आफूलाई अगाडि बढाए। जुन स्टायल अझैपनि निरन्तर छन्।

हिजोआज अभिनयको अलावा विभिन्न इभेन्टहरुमा पनि निर्णायक अर्थात जज भएर अत्यन्त बिजीका साथ कार्य गरिरहेका धीरेन शाक्य कलाकारिताका लागि महान तपस्वी नै हुन्। कलाकारिता वाहेक अन्य कुरा नसोचेका धीरेनका लागि कलाकारिता नै भगवान हो। नमरुञ्जेल कलाकारिता गर्ने धीरेनको भिजन र मिसन नै हो।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७४ साल भाद्र १४ गते सोमवार ।