काठमाडौं। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जनही १ लाख रुपैयाँसहित ६ जना स्रष्टाहरुलाई राष्ट्रिय पुरस्कारवाट पुरस्कृत गरेको छ। प्रतिष्ठानले नेपाल संगीत तथा नाट्य प्रज्ञा पुरस्कार–२०७६ संगीत, नाटक तथा नृत्य विधाका ६ जना स्रष्टाहरुलाई प्रदान गरेको हो।

पुरस्कृत हुने स्रष्टाहरुमा अभिनेता नीर शाह, तवलावादक रामहरि गुरुङ, संगीत संयोजक हस्तबहादुर थापा पल्ली मगर, नाट्यकर्मी प्रचण्ड मल्ल, लोकगायक कुमार बस्नेत र नृत्यागंना नारायणदेवी प्रधान रहेका छन्।

पुरस्कृत स्रष्टाहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मंगलबार आयोजित समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नगदसहित सम्मान प्रदान गरेका थिए।
प्रकाशन मिति–२०७७ साल असार ३० गते मंगलवार ।