काठमाडौं। सामाजिक सञ्जालमा फेसबुक पछि हिजोआज व्यापक चल्तीमा रहेको टिकटक भाइरलले पनि सामाजिक सेवा गर्न सकिन्छ भन्ने पछिल्लो उदाहरणका रुपमा पश्चिम नेपालको रुपन्देहीका विष्णु पाण्डेको काम भैरहेको छ।

हाल नेपाल वाहिर अष्ट्रेलियाको सिडनीमा बसोवास गर्दैआएका विष्णु पाण्डेको परिवारले नेपालमा सामाजिक सेवा गर्न टिकटकलाई माध्यम वनाएका छन्।

टिकटकको माध्यमवाट पाइने विभिन्न टिप्सहरुलाई नेपालमा सामाजिक कल्याणका कार्य गर्ने भएका छन्।

यसका लागि प्रसिद्ध नेपाली मोडल तथा डिजाइनर एवम् चलचित्र नायिका क्षितिजा शाक्यसंग पाण्डेको परिवारले सहकार्य शुरु गरेको छ। यही दशैंअगाडिसम्म आफूहरुसंग जम्मा भएको रकम मार्फत नेपालमा दिनदुःखी गरीब तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग उपलव्ध गराउने भएको छ। त्यसको लागि नायिका शाक्यले विभिन्न समन्वय गर्ने कार्य भैरहेको वताएकी छन्।

टिकटकवाट विदेशमा पाइने मनग्गे उपहारलाई नै क्यासमा कन्भर्ट गरेर कोरोनाका कारण विपदमा परेकाहरुलाई केही भएपनि सहयोग गर्ने राम्रो सोचलाई कदर गर्दै आफूले विशेष साथ दिएको जानकारी नायिका शाक्यले भनेकी छन्। विष्णु पाण्डे परिवारका अलावा अष्ट्रेलियामा नै रहेका अमित अर्याल र अमेरिका निवासी शमशेर खड्काको पनि टिकटक गिफ्टमा साथ तथा सहयोग हुने जानकारी पनि नायिका शाक्यले दिएकी छन्।
प्रकाशन मिति–२०७७ साल असोज २१ गते बुधवार ।