काठमाडौं। नेपालका ख्यातिप्राप्त हांस्य अभिनेता हरिवंश आचार्यलाई पनि कोरोना संक्रमण भएको छ। सामान्य लक्षण देखिएपछि सोमवार अभिनेता आचार्य तथा आचार्य पत्नी रमिला आचार्यले कोरोनाको पीसीआर टेष्ट गर्दा कोरोना संक्रमण पुष्टिको रिपोर्ट मंगलवार आएको हो।

अभिनेता आचार्यले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालवाट खुलासा गर्दै आफूहरुसंग संपर्कमा आएकाहरुलाई होम आइसोलेसनमा वसेर निर्धारित समयमा परीक्षण गर्न अनुरोध गरेका छन्।

सवैको माया, आशीर्वाद र शुभेच्छाले आफूहरुले चाँडै कोरोना संक्रमणलाई जित्ने अभिनेता आचार्यले भनेका छन्। कोरोना संक्रमण व्यापक रुपमा फैलिएको हुंदा सवैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्न र गराउन पनि अभिनेता दम्पत्तिले आव्हान नै गरेका छन्।


प्रकाशन मिति–२०७७ साल असोज २० गते मंगलवार ।