काठमाडौ। फेसनको दुनियाँमा बहुप्रतिभाशाली नायिका शुभेच्छा थापाको बेग्लै मोह रहेको छ। फेसन–शोमा क्याटवाक गर्ने कार्यमा नायिका थापा अग्रपंक्तीमा नै देखिदैआएकी छन्। समय अनुसार तथा आयोजकको चाहना र सोच अनुसारका फेसनेबल फेसनमा क्याटवाक गर्ने थापाको रुचि पनि हो।

त्यस रुचि अनुसार कहिले अत्यन्त ग्ल्यामर्स हट फेसनमा त कहिले शालिन ड्रेसअपमा क्याटवाक गर्ने कार्य उनीवाट भएको छ। यो हप्तामात्र आयोजित फेसन युनाइट्समा अत्यन्त शालिन ड्रेसमा भद्र तरीकाले होटल ब्लु–स्टारमा क्याटवाक गर्दा उनको वाहवाही नै भएको छ।

फरक शैली तथा फरक सोचमा अग्रज फेसन डिजाइनर एनी तण्डुकारले डिजाइन गरेको ड्रेसमा क्याटवाक गर्ने कार्य नायिका थापावाट भएको छ। साथमा ड्रेस डिजाइनर तण्डुकार पनि क्याटवाक गर्दा कार्यक्रमको मोहकतामा नै बृद्धि भएको थियो।

कार्यक्रमको आयोजना रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका फाण्डर डाइरेक्टर राज फैजुको आयोजना तथा एस म्याम बुटिकका फेसन डिजाइनर एनी तण्डुकारको संयोजनमा भव्य तथा सभ्य फेसन युनाइट्स भएको थियो। जसमा २४ जना व्यावसायिका मोडलहरुले विभिन्न राउण्डमा बेजोड क्याटवाक गरेका थिए।

प्रकाशन मिति–२०७४ साल चैत्र २६ गते सोमवार ।