achanak-1काठमाडौ। नायक निखिल उप्रेतीको क्रेजको कारण तेश्रो पल्ट काठमाडौका हलहरुमा नेपाली कथानक चलचित्र अचानक आज शुक्रबारवाट रि–रिलिज भएको छ। तेश्रो पल्टको रि–इनिङ्गमा पनि विहानी–शोमा नयाँ चलचित्रको भन्दा राम्रो कलेक्सन भएको दावी चलचित्र अचानकका निर्माता सरोज शर्माले गरेका छन्।

achanak

नयाँ चलचित्रको गोपीकृष्ण हलमा ३५ भएकोमा चलचित्र अचानकको ४५ भएको आँकडा निर्माता शर्माले विहान १० बजे भिजन संसारसँगको संक्षिप्त कुराकानीमा बताएका छन्।

चलचित्र अचानकमा नायक निखिल उप्रेतीको विशेष भूमिका रहेको छ। स्वर्गवासी नायिका जेसिका खड्काको प्रमुख अभिनय रहेको चलचित्र अचानकको निर्देशन देशभक्त खनालले गरेका हुन्।
प्रकाशन मिति–२०७३ साल पुस २२ गते शुक्रबार ।