Vetran Bollywood Actor Om Puri.
Vetran Bollywood Actor Om Puri.

काठमाडौ। बलिउडका अत्यन्त सफल अभिनेता ओम पुरीको ६६ बर्षको उमेरमा आज शुक्रबार निधन भएको छ। भारतीय समाचार माध्यमहरुका अनुसार अभिनेता पुरीको आज विहान हृद्याघातको कारण निधन भएको हो।

सन् १९५० साल अक्टोबर १८ तारेखका दिन भारतको अम्बालामा जन्मेका अभिनेता पुरीका सयौ. सफल चलचित्रले उनलाई अमर बनाएको छ। बलिउडका फिल्ममा बोल्ड आवाज तथा चरित्रका कारण उनी सवैको प्रिय कलाकार बनेका छन्।

पुरीले बलिउडका फिल्ममा मात्र नभइकन पाकिस्तानी तथा हलिउडका फिल्ममा पनि अभिनय गरेका छन्।
प्रकाशन मिति–२०७३ साल पुस २२ गते शुक्रबार