sarthak-album-by-sabina-karki-1काठमाडौ। रुंनु पर्ला भन्ने डरले हाँस्न छोड्नु हुन्न भन्ने यो सन्देश हो–समाज सेवी गायिका सविना कार्कीको । यिनै समाज–सेवी गायिका सविना कार्कीको यही सन्देश वोकेको अत्यन्त हिट गीत संग्रहित भएको गीति–एल्वम काठमाडौमा आयोजित समारोहमा भव्य रुपमा विमोचन भएको छ।

नेपाल सरकारका पूर्वसचिव तथा प्रसिद्ध गीतकार दिनेश अधिकारीको प्रमुख आतिथ्यमा समाज–सेवी गायिका सविना कार्कीको तेश्रो गीति–एल्वम सार्थकको विमोचन भएको हो। यसअघि सिमल तथा सर्वदा गीति–एल्बम निकालिसकेकी गायिका कार्कीको गायन कला तथा समाज–सेवाको बारेमा दिनेश अधिकारी, मञ्जु कार्की लामिछाने, आनन्द कार्की लगायतले मुग्ध–कण्ठले प्रशंशा गरेका थिए। कार्यक्रममा गायिका कार्कीको समाज–सेवाको पाटोलाई पनि प्रोजेक्टर मार्फत प्रस्तुत गरिएको थियो।

sarthak-album-by-sabina-karki-2सार्थक एल्वममा ६ वटा कर्णप्रिय गीतहरु रहेका छन्। ती गीतहरुले सार्थक एल्बमलाई सार्थक बनाउने कार्य भएको छ। ती गीतहरुमा श्रीपुरुष ढकाल, दिनेश अधिकारी, सविना कार्की, प्रकाशपुञ्ज,अनिल शाही र प्रविण दाहालको शव्द तथा शंभुजीत बाँस्कोटा, सचिन सिंह, अनिल शाही, सविना कार्की, बीबी अनुरागी र संजय खड्गीका संगीत रहेको छ।

sarthak-album-by-sabina-karkiकार्यक्रममा गायिका कार्कीले रुंनु पर्ला भन्ने डरले बोलको हिट गीत लाइभ सुनाएर सवैलाई मनोरंजन दिएकी थिइन्। सार्थक एल्वमको नाम गायिका कार्कीको कान्छो छोरा सार्थकको नामवाट राखिएको हो। छोरो सार्थकले सार्थक गीत गाउन सधै प्रेरित गरिरहेकोले सार्थक तथा सकारात्मक गीतहरु संग्रहित गरेर तेश्रो एल्वमको नाम पनि सार्थक राखेको रहस्य पनि गायिका कार्कीले कार्यक्रममा खुलासा गरेकी थिइन्।

प्रकाशन मिति–२०७३ साल पुस २२ गते शुक्रबार ।