bikash-shakya-ko-bhagya-aa-aafno-1

काठमाडौ। भाग्य कसैको हुंदैन–भाग्य त आ–आफ्नै हुन्छ भन्ने मूल सन्देश सहितको प्रेममय नेपाली कथानक चलचित्र भाग्य आ–आफ्नो अव चाँडै प्रदर्शनमा आउने भएको छ।

bikash-shakya-ko-bhagya-aa-aafno-4

यही माघ १४ गतेवाट अल नेपाल रिलिजको डेट यस चलचित्र भाग्य आ–आफ्नोले पाएको छ। विकास शाक्यको निर्माण तथा समिर मियाको निर्देशन रहेको चलचित्र भाग्य आफ्नोमा प्रमुख आकर्षणमा बेलायतका सुप्रसिद्ध फायर डान्सर नताशाको गजबको डान्स रहेको छ।

bikash-shakya-ko-bhagya-aa-aafno-2

चलचित्रको एक गीतमा फायर डान्स गरेर सवैलाई नताशाले रोमान्टिक बनाउने कार्य गरेकी छन्। रोमान्टिक जोडीमा नायक विकास शाक्य र नायिकामा भावना गुरुङ्ग रहेका छन्। साथमा रोशन श्रेष्ठ, सुशिल राजोपाध्याय, सरस्वती मानन्धर, पुष्पा बिसी लगायतका कलाकारहरुको अभिनय रहेको छ।

bikash-shakya-ko-bhagya-aa-aafno-3


प्रकाशन मिति–२०७३ साल पुस २३ गते शनिवार ।