caan-award

काठमाडौ। नेपाल कमर्सियल आर्टिस्ट संघको २२ औं बार्षिक उत्सवमा नेपालका विभुति कलाकार अरनिकोको स्मृति दिवस मनाइयो। नेपालका प्रथम कलाकार अरनिकोले चीनको तिब्बतमा समेत पुगेर त्यहाँ नेपाली कला र कलाकारितालाई चिनाउने तथा प्रवद्र्धन गर्ने कार्य भएको इतिहास साक्षी रहेको छ।

caan-award-1

नेपाली कला र कलाकारिताका गौरब नेपालको विभुति कलाकार अरनिकोलाई कार्यक्रममा संझ्ने कार्य भयो। नेपाल कमर्सियल आर्टिस्ट संघका अध्यक्ष आइबी मल्लको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न कलाकारहरुलाई सम्मान तथा पुरस्कार पनि प्रदान गरियो। हेम पौडेल तथा गंगा पौडेल दम्पतिले स्थापना गरिएको जनही नगद १० हजारको यो बर्षको हेम–गंगा कला पुरस्कार कलाकार एरिना ताम्राकार र एनबी गुरुङ्गलाई प्रदान गरियो।

caan-award-3प्रसिद्ध कलाकार तथा डिजाइनर सुन्दर श्रेष्ठव्दारा स्थापित नगद ५ हजार सहितको क्यान आइडियल सम्मान कलाकार नारदमणि हार्तमथलीलाई दिइयो। नगद २ हजार सहितको क्यान कला लेखन पुरस्कार क्यानभास कला पत्रिकाका प्रकाशक तथा सम्पादक राजमान महर्जनलाई प्रदान गरिएको छ। क्यान सम्मान कलाकार विष्णु प्रसाद सिग्देललाई दिइएको छ।

caan-award-2नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले सम्मानित कलाकारहरुलाई सम्मान तथा प्ुरस्कार प्रदान गरिएको थियो। नेपाल कमर्सियल आर्टिस्ट संघका सचिव प्रेमलाल श्रेष्ठ प्रेमकलाले संघको लक्ष्य राष्ट्रिय विभुति अरनिकोको शालिक काठमाडौमा राख्ने सोच र लक्ष्य रहेको जानकारी गराए। त्यसको लागि संघ अनवरत प्रयासरत रहेको समेत प्रेमकलाले भने।

प्रकाशन मिति–२०७३ साल पुस २३ गते शनिवार ।