काठमाडौं। लोकलयमा आधारित नेपालभाषा अत्यन्त लोकप्रिय गीत राजामति कुमतिको फिमेल भर्सन गीतको भिडियो पनि तयार भएको छ।

नयाँ पुस्ताको नयाँ सोच अनुरुप अग्रज अभिनेता तथा निर्देशक पवन जोशीको निर्देशनमा राजामति कुमतिको फिमेल भर्सन गीतको भिडियो तयार भएको हो।

बडा दशैंको माहोलमा नै कीर्तिपुरका अतुलनीय ऐतिहासिक स्थानहरुमा छायाँकन भएको राजमति कुमति गीतको भिडियो चाँडै नै रिलिज हुने भएको छ।

अगिना तण्डुकारको गायन रहेको गीतमा अनिल तुलाधरको संगीत संयोजन रहेको छ भने, छायाँकन तथा सम्पादन राजेश शाक्यले गरेका छन्। दृष्टि जोशी, अगिना तण्डुकार र रोशन शाक्यको गीतको भिडियोमा प्रमुख अभिनय रहेको छ।


प्रकाशन मिति–२०७७ साल कात्तिक १० गते सोमवार (विजया दशमी) ।