Vetran Artist Laxmi Rana passed away.
Vetran Artist Laxmi Rana passed away.

काठमाडौ। नेपालकी कुनैबेलाकी अत्यन्त चर्चित नृत्यांगना तथा अभिनेत्री लक्ष्मी रानाको दुःखद निधन भएको छ। मंगलवार उपचारको क्रममा कलाकार रानाको निधन भएको हो।

चालिसको दशकको अत्यन्त लोकप्रिय चलचित्र मनकामना मार्फत सहअभिनेत्रीको रूपमा डेब्यु गरेकी राना लामो समयदेखि दुवै मृगौला फेल भएर उपचार गर्दैआएकी थिइन्।

मृगौला फेल भएको लामो समय भैसकेपनि समयमा प्रत्यारोपण हुन नसक्दा कलाकार रानाको निधन भएको उनको पारिवारिक स्रोतको भनाई रहेको छ। वाचा बिर्सेको छैन, निमित्त नायक, एक साँझ लगायत अनेकौं टेलिश्रृङ्खलामा कलाकार रानाको अभिनय रहेको छ।
प्रकाशन मिति–२०७४ साल असोज १० गते मंगलवार।