काठमाडौं। नेपालका हाँस्य कलाकार गोपाल ढकाल छन्दे थाइल्याण्डमा अवार्डेट बनेक छन्। थाइल्याण्डको पटयामा आयोजित ग्लोबल इन्टरनेशनल अवार्डमा बेस्ट कमेडी कलाकारको अवार्डवाट कलाकार छन्दे अवार्डेट बनेका हुन्।

वल्डवाइड मिडिया नेटवर्कले थाइल्यान्डको पटयामा आयोजना गरेको ग्लोबल इन्टरनेशनल अवार्ड कार्यक्रममा छन्देलाई उक्त अवार्ड प्रदान गरिएको हो। बिगत १७ वर्षदेखि कलाकारिता क्षेत्रमा गजबले राज गरिरहेका ढकाललाई वेस्ट कमेडी कलाकार २०१९ को अवार्ड प्रदान गरिएको आयोजक वल्डवाइड मिडिया नेटवर्कले जनाएको छ।

ढकाललाई थाइल्याण्डका प्रसिद्ध पर्यटन ब्यवसायी एनोथाई थोङ्गथानोम तथा गायक राम कृष्ण श्रेष्ठले ग्लोबल इन्टरनेशनल अवार्ड, सम्मान पत्र तथा ट्रफी प्रदान गरेका हुन्।

गीतलेखन, गायनदेखि दर्जनौं चलचित्र, टेलीचलचित्रमा अभिनय गरिसकेका छन्दे भारतको पुणेमा अभिनय सिकेर आएका प्रतिभाशाली कलाकार पनि हुन् हालै दुबईमा सम्पन्न दोश्रो छाँयाछवि अन्तराष्ट्रिय अनर अवार्डमा पनि ढकालले उत्कृष्ट हांस्य–कलाकारको अवार्ड जितेका थिए।
प्रकाशन मिति–२०७६ साल पुस २१ गते सोमवार ।