काठमाडौं। नेपाली चलचित्र उद्योगका हांस्य–अभिनेता सीपी पौडेल विरामी परेका छन्। पाटनको कुपण्डोल स्थित सर्वाङ अस्पतालमा उपचार्थ रहेका कलाकार पौडेलको स्वास्थ्यलाभको लागि हेर्न जाने र उनको उपचारको लागि आर्थिक सहयोग गर्ने कार्य कलाकारहरुवाटै भैरहेको छ।

चलचित्र कैदीको–पत्रका निर्देशक सनम कुमार बैरागले चलचित्र कैदीको–पत्रको तर्फवाट आर्थिक सहयोग प्रदान गर्ने कार्य भएको छ। सर्वाङ अस्पतालमा नै पुगेर निर्देशक बैरागले उक्त सहयोग सीपी पौडेलकी पत्नी उर्मिला पौडेललाई हस्तान्तरण गरेका हुन्।

सोमवार नै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको अगुवाईमा भएको उक्त कार्यमा सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापा, जोगिन्दर शिवशंकरप्रसाद रिजाल, जनार्दन आचार्य, राजेन्द्र केसी, श्रीदेव बिएल, सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदी लगायतले पनि आर्थिक सहयोग प्रदान गरेका छन्।

सहयोगी मनहरुलाई कलाकार पौडेललाई सक्दो सहयोग गर्न नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले आव्हान समेत गरेका छन्।

कलाकार पौडेलको उपचार्थ सहयोग गर्नका लागि संपर्क व्यक्तिहरुको नंबर यसप्रकार रहेको जानकारी पनि अध्यक्ष खड्काले दिएका छन्–श्रीमती उर्मिला पौडेल,9851012041 ,प्राविधिक संघ अध्यक्ष श्री पुष्कर लामा 9841304566 श्री धर्मेन्द्र आचार्य 9841550926 श्री रामेस्वर बुर्लाकोटी,9841227905

प्रकाशन मिति–२०७६ साल पुस २१ गते सोमवार ।