काठमाडौं। पावर, पद र पैसामा नै सतरञ्जको खेल हुने गर्दछ। त्यो सतरञ्जको खेलको असली खेलाडी नेपालको पहिलो वेबसिरिज नेपाली कथानक चलचित्र सतरञ्जमा गोकुल सुवेदी देखा परेका छन्। हाल पोष्टप्रोडक्सनका सवै काम सकेर प्रदर्शनको तर्खरमा रहेको वेबसिरिज चलचित्र सतरञ्जमा सतरञ्जी खेल्ने गोकुल सुवेदी ट्रेलरमा चोर देखिएका छन्।

ट्रेलरमा चोर देखिएतापनि गोकुल सुवेदी सतरञ्जका बादशाह नै भएको चलचित्र सतरञ्ज टीमले खुलासा गरेका छन्। सतरञ्जमा बेजोड रोलमा गजबको अभिनय गरेका गोकुल सुवेदी नेपाली चलचित्र उद्योगमा कमेडी आर्टिष्ट अनि भिलेन हुंदै अगाडि बढेका मल्टी–ट्यालेन्टेट कलाकार हुन।

यिनै प्रभावशाली अभिनेता गोकुल सुवेदी अभिनित वेबसिरिज चलचित्र सतरञ्जको निर्माण तथा निर्देशन नेपाली चलचित्र उद्योगका ख्यातिप्राप्त फाइट निर्देशक एन.बी. महर्जनले गरेका छन्। चाँडै नै टेलिभिजन घर तथा युट्युब च्यानलवाट एकसाथ रिलिज गर्ने तयारीमा रहेको वेबसिरिज चलचित्र सतरञ्जमा व्यावसायिक चलचित्रको नयाँ स्वाद भएको निर्माण पक्षको दावी रहेको छ।

हाल १३ भागको वेबसिरिजको रुपमा निर्माण भएको चलचित्र सतरञ्ज त्यसपछि सतरञ्ज–२ का नामवाट निर्माण हुने जानकारी पनि निर्माता समेत रहेका गोकुल सुवेदीले भिजन संसार डटकमलाई वताएका छन्।

मौनता श्रेष्ठको बुलन्द लेखन रहेको यस चलचित्रमा सम्पदा बाँनिया, दिवस धिताल, सुशील पोखरेल, ध्रुव कोइराला, विशाल पहाडी, प्रकाश बुढाथोकी, सरु नेपाल, सुदर्शन सिंग्देल, सोनी बीसी, पूनम गौतम, राजाराम गौतम, राजकुमार दर्जी लगायतका कलाकारहरुका साथमा विशेष भूमिका ख्यातिप्राप्त अभिनेत्री अनिता केसीको रहेको छ।

छायाँकन प्रज्ज्वल राउत र गोकुलले गरेका छन्। फाइट डाइरेक्सन शंकर महर्जनको रहेको छ। सम्पादन सुबाष देवकोटाले गरेका गरेका हुन।
प्रकाशन मिति–२०७७ साल भाद्र २० गते शनिवार ।