काठमाडौ। नेपालको प्रथम नृत्यकी प्राध्यापक हनी श्रेष्ठको भव्यसम्मान भएको छ। नृत्य निर्देशक संघ नेपालले नृत्यकी प्रथम प्राध्यापक हनी श्रेष्ठको सम्मान गरिएको हो।

आयोजक नृत्य निर्देशक संघ नेपालले अग्रज नृत्य गुरुहरुको विशेष रोहवरमा प्रथम नृत्यकी प्राध्यापक ७० बर्षिया हनी श्रेष्ठलाई नगद २५ हजार ५ सय ५५ सहित विशेष ताम्रपत्र सहितको सम्मान–पत्रव्दारा सम्मान गरिएको छ। संघका केन्द्रिय अध्यक्ष भुवनदास श्रेष्ठ लगायतले सामुहिक रुपमा हनी श्रेष्ठको सम्मान गरिएको हो।

काठमाडौको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित हनी श्रेष्ठ सम्मान तथा सांस्कृतिक कार्यक्रममा सम्मानित प्रथम नृत्यकी प्राध्यापक श्रेष्ठले नृत्यमा आफूले गरेको योगदानको यसरी कदर होला भनेर नसोचेको कुरा भैदिदा अत्यन्त गर्ब लागेको भनेकी छन्।

कार्यक्रममा सम्मानित श्रेष्ठको शव्द–चित्र समेत प्रस्तुत गरिएको थियो। साथमा संघका काठमाडौ, भक्तपुर, ललितपुर लगायतका जिल्ला शाखाहरुले विविध नृत्य प्रस्तुत गरेर बेग्लै मनोरंजन प्रदान गरेका थिए।
प्रकाशन मिति–२०७४ साल चैत्र २२ गते विहीवार ।