काठमाडौ। दुवै किडनी फेल भएर हाल अमेरिकामा उपचार्थ रहेका नेपालका पप सम्राट गायक ओमविक्रम विष्टको सहयोगार्थ काठमाडौमा बृहत लाइभ प्रोग्रामको तयारी अन्तिम चरणमा पुगेको छ।

यही चैत्र २४ गते शनिवार १२ बजेवाट काठमाडौको टुंडिखेलमा दर्जनौ दर्जन कलाकारहरुले पप सम्राट ओम विक्रम विष्टका कालजयी गीत गाएर च्यारिटी प्रोग्राम गर्न लागेको हो। यस कार्यक्रमको आयोजना रिभेल इभेन्ट प्रा.लि.ले गर्न लागेको हो।

आयोजक रिभेल इभेन्ट प्रा.लि.का म्यानेजिङ डाइरेक्टर गायक राजेश हमालको कार्यक्रम संयोजनमा यसअघि अमेरिकाको न्यूयोर्कमा यसप्रकारको च्यारिटी प्रोग्राम भैसकेको छ।

अमेरिकाको सफलतावाट हौसिएर नेपालवाट पनि अमेरिकामा उपचार्थ रहेका गायक विष्टको सहयोगार्थ यो भव्य तथा सभ्य कार्यक्रम गर्न लागेको गायक हमालले भिजन संसारलाई बताएका छन्। प्रवेश निःशुल्क गरेको पनि हमाल भन्छन्।
प्रकाशन मिति–२०७४ साल चैत्र २२ गते विहीवार ।