काठमाडौं। काठमाडौंको पश्चिम भेगको नेवाः ग्रुप किपुल्चा नेवाः खलःले नेपालभाषा चलचित्रका सुपरस्टार रुपेन्द्र श्रेष्ठ (थक्वामी)लाई सम्मानित गरेको छ।

नेपाल संवत नयाँ बर्ष ११४० को अवसरमा नेपालभाषा कलाकारिता क्षेत्रमा उल्लेखनिय योगदान दिएवापत सुपरस्टार थक्वामीलाई सम्मान प्रदान गरेको हो। सम्मान चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले प्रदान गरेका थिए।

यसै अवसरमा बरिष्ठ उस्ताद भीमवहादुर नकर्मी, चलचित्र निर्देशक तथा अभिनेता अमृतमान महर्जन, सडक विस्तार संघर्ष समितिका अध्यक्ष सुमन सायमी र सेभ नेवाःभ्यालीका सुरज महर्जन लगायतलाई पनि सम्मान प्रदान गरिएको थियो।


प्रकाशन मिति–२०७६ साल कात्तिक १४ गते विहीवार ।