काठमाडौ। नेपालभाषामा निर्माण भएका सर्टमुबीहरुको प्रतिस्पर्धा संपन्न भएको छ। अमेरिका स्थित जनकवि दुर्गालाल साहित्य प्रतिष्ठानको आयोजनामा यो प्रतियोगिता भएको हो।

भाषा बाँचे जाति बाँच्छ, हाम्रो भाषा  भएन भने, हाम्रो भाषा हाम्रो परिचय र आफ्नो भाषावाट पढ्ने र लेख्न नपाए विषयगत चार थीममा आधारित सर्टमुबीहरु वीच प्रतियोगिता भएको नेपालभाषा चलचित्र पत्रकारिताका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधरले भिजन संसारलाई बताएका छन्।

त्यस प्रतियोगितामा सुनिता राजभण्डारी निर्देशित चलचित्र ‘हाःसः मदूगु सः’ले प्रथम पुरस्कार जितेको छ। ७५ हजार रकमको नगद पुरस्कार समेत रहेको प्रथम पुरस्कार विजेता निर्देशक राजभण्डारीलाई पंचायतकालका बामपन्थी मसिहा मानवअधिकारवादी पदमरन्त तुलाधरले प्रदान गरेका थिए।

त्यसैगरेर, दर्शनवीर शाक्यले निर्देशन गरेको चलचित्र ‘द मीथ जिरो’ले नगद ५० हजार सहित दोश्रो पुरस्कार जित्यो। नगद २५ हजार सहितको तेश्रो पुरस्कार रामकृष्ण खड्गी निर्देशित चलचित्र ‘अस्तित्व’  र पोखराका निर्देशक यादव दास भोछिभ्वेय निर्देशित चलचित्र ‘भकुंग्वारा ख्याः’ले जितेको हो।

प्रकाशन मिति–२०७५ साल भदौ ८ गते शुक्रबार ।