काठमाडौं। नेपाली चलचित्रको इतिहासमा खलनायकको इतिहास भएतापनि खलनायिकाको इतिहास खासै बनेको पाइदैन। त्यो नबनेको इतिहास बनाउने कार्य पचासको दशकमा निलम केसीले बनाएकी थिइन। निलम केसी नेपाली चलचित्रको पहिलो खलनायिका भनेर अंकित हुन पुगेतापनि निलम केसीले खलनायिकामा निरन्तरता दिएको पाइदैन।

तिर्थ थापाव्दारा निर्देशित चलचित्र आन्दोलनमा निलम केसी नायिका भन्दा जब्बर देखिएकी थिइन। हुन त उक्त चलचित्रमा नायिका हुनुपर्ने भएतापनि कथाको माग बमोजिम निलम केसीलाई खलनायिका बनायो। खलनायिका बनेर पहिलो पल्ट नेपाली चलचित्रको दृश्यमा पुरुषलाई बलात्कार गर्ने पहिलो नारी पात्रको रुपमा निलम केसी नै देखिइन।

यसले गर्दा पचासको दशकमा पुरुषलाई बलात्कार गर्ने पहिलो खलनायिका भनेर निलम केसीको व्यापक प्रचार भएको इतिहास नबनेको पनि होइन। चलचित्र आन्दोलन पश्चात दर्जनौ चलचित्रमा खलनायिकामा नै निलम केसीलाई व्यापक अफर आएको थियो। त्यो अफरलाई पहिलो खलनायिकाको इतिहास रच्ने निलम केसीलाई मन परेन।

निलम केसीले त्यसपछि भने, कुनैपनि नेपाली चलचित्रमा अभिनय गरेको खवर छैन्। हुन त, निलम केसीले नेपाली चलचित्रको पहिलो खलनायिकाको इतिहास रचेतापनि वास्तविक रुपमा निलम खतरनाक डान्सर भन्ने कमैलाई मात्र थाहा छ ! अत्यन्त राम्रो डान्स गर्ने उनी त्यो बेलाका स्टेज प्रोग्र्रामहरुमा खतरनाक डान्स गरेर सवैलाई मोहित बनाउने मात्र होइन, भुतुक्के बनाउने स्टेज डान्सरको रुपमा निलम चिनिएकी थिइन्।

हाल पारिवारिक लाइफमा फेमिली विजनेशमा मनमगन निलमको सोच यतिखेर चलचित्र देखिएको छैन्। विजनेश वुमनको रुपमा देशविदेशको सयरमा विजी बनिरहेकी निलमको हाउभाउमा अझैपनि व्यापक अदा रहेको पाइन्छ। ग्ल्यामरको कुरा गर्दा त्यो बेला नै हेर्दै गएमा आफू जन्मेको स्थान पनि देखिन्छ भन्ने कुरा निलमको भनाई आजसम्म पनि ग्ल्यामरका पारखीहरुका लागि राम्रो झापडको रुपमा लिन सकिन्छ।


प्रकाशन मिति–२०७७ साल बैशाख २२ गते सोमवार ।