काठमाडौ। क्यानाडामा एक पछि अर्को कीर्तिमानी कार्य गर्दैआएका नेपालका एक्सन नायक ईश्वर थापाले त्यहाँ हिन्दी गीतको भिडियोको पनि निर्देशन गरेका छन्।

क्यानाडाको क्रिस्टल वीचमा नायक थापाले निर्देशन गरेको हिन्दी गीत बबाल नै भएको छ। क्यानडामा नै रहेकी मोडल मोनिका मेयर तथा अमेरिकाको न्यूयोर्क निवासी नेपाली अभिनेता क्रिश थापाले उक्त हिन्दी गीतको भिडियोमा सहज तथा स्वभाविक अभिनय गरेका छन्।

क्यानाडाको क्रिस्टल सामुद्रिक किनारामा शुटिङ भएको यस भिडियो रिलिज पश्चात तहल्का नै मच्चिने निश्चित भएको छ। आज शुक्रबार मात्र छायाँकन संपन्न गरिएको यस भिडियोको रिलिजसंगै नायक ईश्वर थापाले बलिउडमा पनि छलाङ मार्ने भएको छ।

छायाँकन श्रीकृष्ण फुयाँलले गरेका हुन्।

प्रकाशन मिति–२०७५ साल असार ३१ गते शुक्रबार ।